काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।

महानगरपालिकाले आजदेखि वडा नम्बर २९ को १४ स्थानबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकेको हो । बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।