फाइल तस्वीर
बेइजिङ – ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । ताइवानलाई आफ्नो अभिन्न अङ्गको रुपमा लिंदै आएको चीनले ताइवानमाथि अमेरिकाले हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ ।

चीन र अमेरिकाबीच ताइवानको विषयलाई लिएर तनाव बढिरहेको बेला अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको भ्रमणले त्यहाँ युद्ध भड्किन सक्ने आशङ्का समेत व्यक्त हुन थालेका छन् ।

चीनले केही दिनदेखि ताइवान वरपरको हवाई र समुद्रमा सैन्य अभ्यास बढाउँदै लगेको छ । चीनले ताइवानलाई घेरेर छ स्थानमा सैन्य अभ्यास गर्ने चिनियाँ सेनाले घोषणा गरिसकेको छ ।चिनिया जनमुक्ति सेनाले लामो दुरीको हवाई र जमिनमा आधारित परीक्षणमा केन्द्रित रहेको जनाएको छ । चीनले आफ्नो तालिमलाई निरन्तरता दिने कि नदिन्ने भन्ने विषयमा भने खुलाएको छैन ।

यता ताइवानले पनि चीनको अभ्यासको जवाफमा ताइवानी सेनाले मङ्गलबार र बिहीबार दक्षिणी पिङतुङ काउन्टीमा लाइभ फायर आर्टिलरी अभ्यास गर्ने कुरा त्यहाँको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले उल्लेख गरेको समाचार अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ताइवानले टापु र मुख्य भूमि चीनलाई छुट्याउने ताइवानको वरिपरि सञ्चालित चिनियाँ विमान, जहाज र ड्रोनहरूको अप्रेसन पत्ता लगाउन अनुगमन जारी राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । ताइवानले यसका टापु र समुद्रमा जहाजहरूमाथि हमला गर्ने चीनको शैली अनुकरण गर्ने बताएको छ ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुग्नुअघि एकसाता अघि सिङ्गापुर, मलेसिया हुँदै ताइवान पुगेकी थिइन् ।