काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप सङ्कलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५ दशमलव ०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२ दशमलव ९३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा निष्क्रिय कर्जा अनुपात २ दशमलव ८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ० दशमलव ३७ प्रतिशतले सुधार भई २ दशमलव ४३ प्रतिशत पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पु¥याएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ दशमलव ७५ रुपैयाँ बढेर २३ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

यस्तै पुँजी पर्याप्तता अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पुँजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा शेयरधनी पुँजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ ।