काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन–चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ ।