काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोशालामा ४ हजार ७ सय १२ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका परीक्षणका क्रममा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।