बैतडी – बैतडीमा हालसम्म एक लाख ७८ हजार १२० जनाले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकका अनुसार जिल्लाभरी ९७ हजार ६१९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ जनाले पूणर् मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् ।

यस्तै पाटन नगरपालिकामा २० हजार ५२८ जनाले खोपको पहिलो मात्रा, २७ हजार ९२९ जनाले पूणर् खोप तथा १५ हजार ९११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार ६२१ जनाले खोपको पहिलो मात्रा, २३ हजार ६४४ जनाले पूणर् खोप र १३ हजार ६१२ जनाले बुस्टर डोज लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूणर् खोप र छ हजार २०२ जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार ८९६ जनाले खोपको पूणर् मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार ९४२ जनाले खोपको पूणर् मात्रा र छ हजार ८९५ जनाले बुस्टर डोज लगाएका छन् ।

सुर्नया गाउँपालिकामा १० हजार ३१२ जनाले खोपको पहिलो मात्रा, १० हजार ८८३ जनाले खोपको पूणर् मात्रा र पाँच हजार ८९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार ५५४ जनाले पूणर् खोप र पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् ।

यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार ८२७ जनाले खोपको पहिलो मात्रा, ११ हजार २५१ जनाले पूणर् खोप र चार हजार ९९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूणर् खोप र दुई हजार ६२५ जनाले बुस्टर डोज लगाएका छन् ।

जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् । रासस