तेहरान- इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही बेपत्ता भएको जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मी लगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्न् । बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको बताइएको छ ।