काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ वटा नमुना परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज काठमाडौंमा ३ सय २१ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ५४ जना सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ४ हजार ८ जना पुगेको मन्त्रालयले जनाएको छ ।