तेह्रथुम – तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृतको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेको प्रहरीले जनाएको छ ।

नेपालीले ती बालिकालाई फकाइफुलाई गरेर साउन १२ गते दिउँसो बलात्कार गरेको जाहेरीपछि दिएपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।