धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो । परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको अस्पतालले जनाएको छ ।