काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।