काठमाडौं – साताको पाँचौं दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा ३९ अङ्कको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कले गिरावट आएको हो ।

साताको तेस्रो दिन मङ्गलवारदेखि ओरालो लागेको बजार परिसूचकले बिहीवारको कारोबारमा पनि निरन्तरता पाएको छ । आज बजार परिसूचक ३८ दशमलव ६१ अङ्क अर्थात १ दशमलव ७७ प्रतिशतले गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक ८ दशमलव २५ अङ्कले झरेर ४१२ दशमलव २५मा ओर्लिएको छ । बजार परिसूचक ३९ अङ्क ओरालो लाग्दा समग्र बजार परिसूचक २१४८ दशमलव १६ मा झरेको छ ।

बजार ३९ अङ्क घट्दा कारोबार रकममा पनि कमी आएको छ । बिहीवार ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बुधवार कारोबार रकम ४ अर्ब २ करोड रहेको थियो । ८५ लाख ६९ हजार ५ कित्ता सेयर ५६ हजार ८ सय १९ पटकमा खरिद बिक्री भएको छ । घट्दो बजारमा आज कारोबार भएका १९ कम्पनीको सेयर उकालो लागेको छ भने १६१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।