काठमाडौं – सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआउन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने गरी जिम्मेवारी सम्हाल्नु भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजिर नभई विदामा बस्नुभएको थियो ।

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्ति भएर आउनुभएपछि मारसिनी मन्त्रालयमा आउन छाड्नुभएको हो । अर्थसचिव स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।