काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय २६ जनामा गरिएको परीक्षणमा ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय २४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्केका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ६ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।