रुपन्देही – सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउने भएका हुन् ।
यस्तै ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट दिइनेछ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् ।
दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ । बैंकले यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास लिएको छ ।