काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा दुई अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आबमा ३६.५३ प्रतिशतले नाफा बढाएको हो । गत आ.व.मा खुद ब्याज आम्दानी १५ दशमलव ७५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ । कर्जा लगानी १६ दशमलव ४१ प्रतिशतले विस्तार गरेर एक खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पु¥याएको बैंकले निक्षेप १२ दशमलव ३७ प्रतिशतले वृद्धि गरी १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पु¥याएको छ । कर्जामा वृद्धिसँगै बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) पनि बढेको छ ।

जसले गर्दा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो । अघिल्लो आबमा ३ दशमलव ०९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आबमा ४ दशमलव ०५ प्रतिशत पुगेको छ । आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३० दशमलव ६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । बैंकको सञ्चालन आम्दानी सँगै कर्मचारी खर्च बढेपनि सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ । बैंकको कर्मचारी खर्च २४ दशमलव ४५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड नाघेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धिले कर्मचारी खर्च बढेपनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले वृद्धि भएर पाँच अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आबमा १२ दशमलव ५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ । पुँजी बढे पनि बैंकको नाफामा वृद्धिसँगै प्रमुख वित्तीय सुचकहरुमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६६ पैसाबाट बढेर १४८ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२ दशमलव ९५ गुणा रिटर्न अन इक्युटी १४ दशमलव ४७ प्रतिशत पुगेको छ ।

यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ६ दशमलव ९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा २ दशमलव २७ प्रतिशतबाट १ दशमलव ३३ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १५ दशमलव ०८ प्रतिशतबाट १३ दशमलव ७६ मा झरेको छ । यस्तै बैंकको कर्जा– निक्षेप अनुपात ८५ दशमलव ५५ प्रतिशत रहेको छ ।