काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।

वाणिज्य बैंकहरुको तुलनामा एनआईसी एशिया बैंक पछिल्लो समय झन् सहज बन्दै गएको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई क्रमिक रुपमा बढाउँदै लगेको छ । देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको छ ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी इच्छुक व्यक्तिहरुले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies  वा दिइएको QR Scan गरी भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।