काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार ४ सय १५ वटा नमुना परीक्षण गर्दा ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच हजार १ सय ४४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा ३ सय १३ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ सय ५३ जना, भक्तपुरमा २४ जना र ललितपुरमा २६ जना सङ्क्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या तीन हजार ५ सय ९८ जना पुगेको छ ।