साङ्केतिक तस्वीर

काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागूऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।