काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय २० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।