फाइल तस्वीर

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।