काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय ४६ वटा नमुना परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ९० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६७ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या चार हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ५२ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ४६ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै ललितपुरमा सक्रिय सङ्क्रमितको संख्या ५ सय ५ जना पुगेको छ । काठमाडौं र ललितपुर कोभिड १९ को ’रेड जोन’मा परेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या तीन हजार १ सय ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।