काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज १ हजार २ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।