न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड–१९ सङ्क्रमण देखिएको छ । उनको दोस्रो पटकको परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको हो । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

उनलाई यही जुलाई २१ मा कोभिड पनि कोभिड–१९ सङ्क्रमण देखिएको थियो । त्यसपछि उनी सात दिन आइसोलेसनमा बसेका थिए । ७९ वर्षीय बाइडेनलाई ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एक ज्ञापनपत्रमा लेखेका छन् । अमेरिकामा पछिल्लो पटक कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ ।