एजेन्सी – म्यानचेस्टर सिटीलाई हराउँदै एफए कम्युनिटी सिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार किंग पावर रंगशालामा प्रिमियर लिग च्याम्पियन सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधिमाथि सुखद सुरुवात गरेको हो ।

अति नै रोमाञ्चक बनेको खेलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे । खेलको २१ औं मिनेटमा आर्नोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले उपलब्ध गराएको पासलाई उनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै गोलमा परिणत गरे । पहिलो हाफमा १–० ले पछि परेको सिटीलो बराबरी गोल mर्काउन ७० औं मिनेटसम्म कुर्नुप¥यो।

अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा खेल बराबरीमा ल्याए । तर ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । न्युनेजको हेडरलाई सिटीका कप्तान रुबेन डियासले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयमा न्युनेजले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । यो सँगै लिभरपुलले सिजनको पहिलो उपाधि जितेको छ । यी दुई क्लबबीच इंग्लिस प्रिमियर लिग विजेता सिटी र एफ ए कप विजेताको रुपमा लिभरपुलबीच प्रतिस्पर्धा भएको हो ।