काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी कुल ३ हजार ६ सय ९९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ४ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ भने हाल नेपालमा ४ हजार ३ सय ६९ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ७७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना सङक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।