काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा दुई हजार ४ सय ७४ जनामा पीसीआर विधिबाट तथा एक हजार ८८ जनामा एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा गरी ५ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

हाल कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४ हजार ३ सय ५६ पुगेको छ ।