काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९२ अङ्कले बढेर २,१४० दशमलव ३९ को विन्दुमा पुगेर रोकिएको छ । आज १ सय ३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज हाइड्रोपावर समुह, निर्जीवन बीमा समृह र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २१६ वटा कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभन्दा धेरै बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।