काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा कुल पाँच हजार २५ जनामा पीसिआर र एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ७ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय १५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार २ सय ३६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ सय २४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय २४ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ६४ जना सङ्क्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या २ हजार ८ सय ६ जना पुगेको छ ।