काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६ सय १० ग्राम सुनसहित प्रक्राउ गरेको हो । उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले सुन भित्री वस्त्रमा सेतो रङको प्लास्टिकभित्र लुकाएर राखेका थिए । अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल कार्यालयले जनाएको छ ।