काठमाडौं – फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

गए राति पहिलो हाफ १–१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन् ।

पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १–१ को अवस्थामा आइपुग्यो। ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिश्चित गरिन् । फाइनल खेल आइतबार राति वेल्बली रङ्गशालामा हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इङ्ग्ल्यान्ड पहिलो उपाधिको सङ्घारमा पुगेको छ ।