काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७ सय ७८ जनामा पीसीआर विधिबाट तथा १ हजार ६ सय ७६ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६० जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज २ सय २ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किन सफल भएका छन् । हाल देशभर ३ हजार ९ सय २९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।