काठमाडौं – साताको चौथो दिन आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव ८३ अङ्कले बढेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अङ्क बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अङ्कले घटेको थियो । आज बजार परिसूचक २३ दशमलव ८४ अङ्क अर्थात १ दशमलव १४ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ५३ अङ्कले बढेर ४०२ दशमलव ९२ मा उक्लिएको छ ।

२४ अङ्कले बजार बढ्दा समग्र बजार परिसूचक २१११ दशमलव ९९ मा उक्लिएको छ । बुधवार नेप्सेमा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ७५ लाख ८ हजार १ सय ८८ कित्ता सेयर ५० हजार २ सय ९७ पटकमा खरिद बिक्री भएको थियो जसमा २२७ कम्पनी सामेल थिए ।

बढ्दो बजारमा बुधवार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ। उप–समूह तर्फ आज व्यापार ०.५८ प्रतिशतले घटेको छ भने बाँक १२ समूह बढेका छन् । यस्तै जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रो, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामूदायिक लगायतका कम्पनी उच्च कमाउने सर्वाधिकमा परेका छन् ।