एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् ।

भारतमा यति बेला भारी वर्षा भइरहेको छ । आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ । त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन् ।

मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा १ सय १० भन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।