काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।