काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।