नयाँ दिल्ली – भारतमा नक्कली रक्सी पिउँदा १९ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी गम्भीर हालतमा अस्पताल पु¥याइएका छन् । गुजरातको बोतड जिल्लामा भएको यो घटनापछि अनुसन्धानका लागि प्रहरीले १० जनालाई हिरासतमा लिएको छ । उनीहरूमाथि नक्कली रक्सी बनाएर बेचेको आरोप लागेको छ ।

मृतकमध्ये एकजनाकी श्रीमतीले बताएअनुसार, आइतबार नक्कली रक्सी पिएपछि उनका पति बिरामी भएका थिए । नक्कली रक्सी पिएका कारण अस्पताल भर्ना भएका हिम्मतभाइ नामका एक व्यक्तिले आफूजस्तै धेरै मान्छे बिरामी भएको बताएका छन् ।

बोतड जिल्लाको रोजिन्द, अणीयाणी, आकरू, चन्दरवा, उन्चडी गाउँका मानिसहरू बिसालु रक्सी पिएर बिरामी भएका भारतीय मिडियाले लेखेका छन् । सबै गाउँमा त्रास फैलिएको छ ।