काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७ सय १६ जनाको एन्टीजेन विधिबाट गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परीक्षण गर्दा ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ भने ९५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्केको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३ हजार ५ सय ३४ जना रहेको छ ।