काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।