काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

उक्त बिलको सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र १५ प्रतिशत बिना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार २८ दिन बिलका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।