एजेन्सी – भारतले रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकालेको हो ।

भारतका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐयर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।