भरतपुर – चितवनमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेर भाग्ने क्रममा घरको तीन तलामाथिबाट हाम फालेका श्रीमानको पनि मृत्यु भएको छ । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१० रमाइलो चोकका ४३ वर्षीय कृष्ण आचार्यले ३५ वर्षीया श्रीमती रूष्मा घिमिरे आचार्यलाई राति १० बजेतिर खुकुरी प्रहार गरेका थिए ।

श्रीमतीलाई खुकुरी प्रहार गरेपछि भाग्ने क्रममा आचार्यले तीन तलामाथिबाट हाम फालेको प्रहरीको भनाइ छ । घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।