काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा ३ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ९ सय ५६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ९५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ३ हजार १ सय ७७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।