काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात २०१७ दशमलव ४६ रहेको बजार परिसूचक ६१ अङ्कले बढेर २०७८ दशमलव ५१ मा उक्लिएको छ ।

सेयर बजार ६१ दशमलव ०५ अर्थात ३ दशमलव ०३ प्रतिशत बढ्दा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ०९ अंक बढेर ३९८ दशमलव ३३ मा उक्लिएको छ । उल्लेख्य रूपमा बजार बढ्दा १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको सेयर मूल्य घटेको छ । आज २१९ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। ६४ लाख २३ हजार १५६ कित्ता सेयर ४२ हजार ९३१ पटकमा कारोबार भएको थियो ।

बढ्दो बजारमा आइतवार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, मल्टी प्रपोज फाइनान्स, स्वभिमान लघुवित्त मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सबैभन्दा धेरै कारोबार हुनेमा आज शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एसिया, अरुण काबेली लगायतका कम्पनी रहेका छन् । उप समूहतर्फ आजको कारोबारमा १३ ओटै समूहको सेयर मूल्य उकालो लागेको छ ।