काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाउको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज १ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ ।