नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै फ्रान्स, महिला युरोकप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अतिरिक्त समयमा जित हात पारेको हो ।

इङ्ग्ल्याण्डको एससिल न्यूयोर्क स्टेडियममा गएराति फ्रान्सको जितमा इभ पेरिसेटले १०२औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यो खेलसँगै महिला युरो च्याम्पियनसिप २०२२ मा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा फ्रान्सले बुधबार राति जर्मनीसँग खेल्नेछ ।