पत्रपत्रिकाबाट
काठमाडौं – बाराका सरकारी कार्यालयका पर्खाल र भ¥याङभरि भगवानका तस्वीर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्वीर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्वीर भित्तामा टाँस्नुपरेको हो ।

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भ¥याङ, पर्खाल र भित्ताका कुनामा तस्वीर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।

कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध ग¥यौँ तर अनुरोध नमानेपछि भ¥याङका भित्तालाई सफा राख्न भगवानका तस्वीर टाँस्नुपरेको हो ।” (गोरखापत्र दैनिकबाट)