प्रतीकात्मक तस्वीर

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

आज शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसननजिकै बा२०च ९५०२ नम्बरको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस