साङ्केतिक तस्वीर


मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको भारतीय नम्बर प्लेटको ट्रेलरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त ट्रेलरको ठक्करबाट मोटरसाइकल चालक परियार र पछाडी बसेका राई गम्भीर घाइते घाइते भएका थिए । गम्भीर घाइते भएका उनीहरुलाई उपचारार्थ विराट शिक्षण अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा परियार र राई दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको उक्त ट्रेलर र सोका चालकलाई नियन्त्रणको र आवश्यक अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।