फाइल तस्वीर
हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बिहीबार बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश स्वीकृत गरेको थियो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित भएकोे थियो ।